नेपाली काँग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । १३ औं महाधिवेशनमा पनि थापा नै सभापतिमा निर्वाचित भएका थिए । सोमबार सम्पन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेरबहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याए । अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी थिए । उपसभापतिमा पनि थापा निकट समूहकै विजेश अवाल र उर्मिला वन निर्वा