राना-थारुको सामाजिक र मानवीय विकासका लागि प्रदेश सरकार तयार छ: मन्त्री देउवा

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले राना-थारुको सामाजिक र मानवीय विकासका लागि प्रदेश सरकार तयार रहेकाे बताएका छन्। राना संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा २ दिने राना-थारु महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले कैलाली कञ्चनपुरमा रहेका राना-थारु समुदायकाे विकासका लागि प्रदेश सरकार प्रतिबद्द रहेकाे उल्लेख गरे। […]