प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी नहुने अडान राख्दै आएको सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री उद्धव थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाएपछि जसपाकी एक्ली सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीको शपथ लिएकी हुन् । शपथका क्रममा लिम्बूले कोशी प्रदेश उच्चारण नगरी प्रदेश १ को स्वास्थ्यमन्त्री भनेकी थिइन् ।