काठमाडौं : उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहिबारदेखि अत्यावश्यक सेवा बाहेकका सवारीसाधन राति ८ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय गरे। कोरोना संक्रमण रोकथामका लागि भन्दै गरिएको यो निर्णयकाे चौतर्फी आलोचना भइरहेको छ। बिहान र दिउँसोको समयमा कोरोना नहुने तर राति ८ बजेपछि कोरोना संक्रमण सर्ने होर भन्ने धेरैले प्रश्न गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुले गत मंगलबार गरेको यो निर्णयमा विज्ञहरुले समेत असहमति जनाएका