अर्थमन्त्री डा महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता

काठमाडौं । डा प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमवार भेटवार्ता भएको छ । भेटका क्रममा अर्थमन्त्री डा महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरे । उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गरेका छन् । त्यसैगरी उनले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गरेको अर्थमन्त्री डा महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ । ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए । उनले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताए । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो । लण्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्च्स्तरीय सम्मेलनमा भाग लिन लण्डन आएका मन्त्री डा महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमवार भएको नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तक्रियामा सहभागी भएका थिए । सो क्रममा मन्त्री डा महतले नेपाल सरकारले विदेशी लगानीको शुरक्षाको प्रत्याभूति गर्ने बताउँदै वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिए । उनले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया शुरु भइसकेको पनि जानकारी दिए । डोल्मा फाउण्डेशनका टीम गोचर र जापनिज बैंक एमयुएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राखेका थिए । यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राखेका थिए । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह समेत गरेका छन् । रासस  

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय फर्किए सचिव पुष्कर

३१ भदौ, काठमाडौं । सरकारले सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय  सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो । २० वैशाख २०८०मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ […]

उत्तर कोरियाको लागि साम्राज्यवादको अर्थ के हो ?

वास्तवमै यो सन्दर्भमा साम्राज्यवादको अर्थ के होला ? बीबीसीका संवाददाता इसी गोड्साडाफका अनुसार उत्तर कोरियाका लागि साम्राज्यवादको अर्थ सँधै एउटा रहन्छ, त्यो हो अमेरिका ।

अर्थ मन्त्रालयमा चलखेल

काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन् । राजस्व संकलनदेखि महत्वपूर्ण कार्य गर्ने जिम्मेवारीमा रहेका यी निकायमा निर्वाचन आउनै लाग्दा अर्थ मन्त्रालयले महानिर्देशक फेर्ने प्रयास गर्नुलाई शंकास्पद मानिएको छ । अर्थ मन्त्रालयले […]

कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त

सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा पुष्करलाई  नियुक्ति गरेको हो । यसअघिको मन्त्रिपरिषदको बैठकले तत्कालिन  अर्थ सचिवमा मधु मरासिनीलाई  प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । उनको ठाउँमा पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी दिएको थियो । यस्तै मन्त्रिपरिषद बैठकले राजस्व सचिवमा रामेश्वर दंगाललाई नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयबाट मधु मरासिनीको सरुवा

सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन्  । बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । […]

अर्थ समितिको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिको आज (सोमबार)को बैठक स्थगित गरिएको छ । कोरम नपुगेपछि बैठक स्थगित भएको सांसद सत्य पहाडीले जानकारी दिइन् । समितिले सोमबार अर्थ मन्त्रालयसँग आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने सूचना जारी गरेको थियो । आइतबारका दुई बैठकमा आएका सुझाव सोमबार मन्त्रालयका अधिकारी समक्ष राख्ने र त्यहाँ पनि […]

बलिउड अभिनेत्रीहरुको नामको यस्तो अर्थ

हरेक व्यक्तिको नाम भित्र केही न केही अर्थ लुकेको हुन्छ । अझ फिल्मका कलाकारको नामको अर्थमा दर्शकको चासो बढी नै हुन्छ । बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक छ ।अभिनेत्री कंगना रनावत बोलीका कारण चर्चामा आइरहने अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा बढी विवादमा छाइरहन्छिन् । यिनै कंगनाको नामको अर्थ हो ‘ब्रासलेट ।अभिनेत्री यामी गौतमको पनि नामको अर्थ छ । यामीको अर्थ हो ‘चम्किरहेको तारा’ ।अभिनेत्री अनन्या पाण्डेको नामको अर्थ खोज्दा अनन्याको अर्थ ‘सबैभन्दा अलग अथवा अद्भुत&

अर्थ सचिवमा मरासिनी

काठमाडौं, १७ साउन । अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीको सरूवा भएको छ। गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ मन्त्रालयमा सुरुवा गरिएको हो । त्यस्तै, अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ। File Photo

आमा शब्द होइन, अर्थ हुन्

निस्वार्थ र निष्काम कर्म मात्रै, परिश्रम मात्रै गरिन्। आशा र अभिलाषा आफ्नो लागि शून्य, अरुको लागि अनन्त दिइन्। त्यसैले म अचेल बुझ्दै छु कि 'आमा' मात्र एउटा शब्द होइन, यो त अर्थ हो। अर्थ तपाईका हरेक प्रश्नहरुको, तपाईका हरेक उत्तरहरुको, तपाईका हरेक आवश्यकता तथा चाहनाहरुको, तपाईका हरेक सुखदुखका पलहरुको र तपाईका हरेक शब्दहरुको।

के हो यी चर्चित गाडी ब्रान्डका नामको अर्थ?

नेपालमा धेरै ब्रान्डका गाडीहरुको आधिकारिक वितरक छन्। सामान्यतया हामी ती ब्रान्डका नामको अर्थ खोज्दैनौं। प्रत्येक गाडीको नामको अर्थ भने छ।