ऐन जारी भएको चार वर्षपछि पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक बस्यो

जनस्वास्थ्य सेवा ऐन २०७५ जारी भएको चार वर्षपछि पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक बसेको छ। ऐनको दफा ५० मा  राष्ट्रिय जनस्वास्थ्य समिति गठन गरिने व्यवस्था छ।