ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, २१ कात्तिक। बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२मलकटिबाङमा दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुरको मनहरिमा गए राति  स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेतबाट मुगुको गमगढी जाँदै गरेको जीप आइतबार जुम्लामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा लु.१ज. ३७५४ नम्वरको जीप दुर्घटना हुँदा चालक र एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।...

ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु

४ असार, सुर्खेत । ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला ना ४ ख ९७६१ नम्बरको ट्रक शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–११, रुकुम पश्चिमका २४ वर्षीय भीमबहादुर नेपाली र नलगाढ नगरपालिका–१२ जाजरकोटका २४ वर्षीय मिलन गुरूङ रहेको […]

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

सर्लाही, पुष १८ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति रुखमा ठोक्किएर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो […]