खाल्डा-खुल्डीले जोखिमपूर्ण बन्दै सुदूरपहाडका राजमार्ग

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।...

सम्बन्धित सामग्री

ग्रामीण सडक व्यवस्थित नहुँदा यात्रा जोखिमपूर्ण

उदयपुर– उदयपुरको पहाडी गाउँपालिका क्षेत्रका ग्रामीण सडक व्यवस्थित नहुँदा यातायात सञ्चालन जोखिमपूर्ण बन्दै गएको छ भने सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।  रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे र डिल्लीबर माझखर्क सडक, लिम्चीङबुङ गाउँपालिकाको बाँसबोटे, माझखर्क, बलाम्ता, ताम्लीछाको सडकको अवस्था दयनीय भएकाले सवारी सञ्चालन गर्न जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । यद्यपि उनीहरूले जोखिम […]

जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल

सिरहा । दैनिक हजारभन्दा बढी मोटरसाइकल आवतजावत हुँदै आएको हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।  १२ वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ ।  ‘नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्,’ पुल तरेर सिरहा बजार आएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भने, ‘बिहानसम्म आवतजावत सहज थियो । तर, अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।’ नगरपालिकाले यही काठको पुल पनि मर्मतसम्भारमा ध्यान नदिएको उनले गुनासो गरे ।   यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउँछन् । ‘यहाँको दुर्गति भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो । विकल्पको रूपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करीब दुई घण्टा लामो यात्रा गर्नुपर्छ,’ यादवले भने, ‘निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।’ हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करीब १० वर्ष लाग्यो ।  निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम शुरु गरेको थियो । तर, कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुनः सञ्चालन हुनेछ। रासस

मध्यपहाडी राजमार्गमा जताततै पहिरो, जोखिममा पूर्वी पहाडको यात्रा

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा जताततै पहिरो जाँदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ।...

जीर्ण बन्दै सल्यानका सडक, जोखिमपूर्ण यात्रा गर्दै यात्रु

सल्यान : सल्यानका सडक दिनप्रति दिन जीर्ण बन्दै गएका छन्। तुलसीपुरदेखि रुकुमसम्मको राप्ती राजमार्ग पूरै जीर्ण छ। अधिकांश सडकमा भएको ओटासिल उप्किएको छ। सडकमा ठूलठूला खाल्डा परेका छन्। मुख्य सडकसँगै प्रदेश राजधानी जोड्ने र सदरमुकाम जोड्ने सडकको अवस्था पनि दयनीय छ। सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ।पहाडी भूभाग र साँघुरो सडक सास्ती भोग्दै आएका स्थानीयले भएको सडक पनि जीर्ण बन्दै जाँदा थप सास्ती भोग्दै आइरहेका छन्। कच्ची सडक र आजभोलि वर्षातका कारण ठाउँ ठाउँमा पहिरो जा

जोखिमपूर्ण बन्दै बुटवल–पाल्पा सडक खण्ड

बुटवल—पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका-५ मा सडक भासिएको कारण यात्रा जोखिमपूर्ण बनेको छ । सडक भासिएको क्षेत्रमा डोजर लगाएर बेलाबेला एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको भए पनि जोखिम कायमै रहेको छ । उक्त सडकको भित्तामा डाइभर्सन गरेर अहिले भासिएको क्षेत्रमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ । तिनाउको हिउँदे खोलामा उक्त ६० मिटर सडक पूर्णरुपमा भासिँदा बुटवल तानसेनको यात्रा जोखिमपूर्ण बन्दै गएको हो । सडकको तल्लो भाग बग्ने समस्या भएकाले अस्थायी रूपमा निर्माण भएको सडक पानी परेमा पुनः बग

पर्यटकको लापरवाहीले दुर्घटना स्थल बन्दै नुनथर

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ ।चन्द्रपुर नगरपालिका–१ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकहरुले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले आवश्यक ध्यान नदिँदा जोखिमपूर्ण बनेको हो । यहाँ वर्षेनि ६/७ जना पर्यटकहरुको ज्यान गइरहेको स्थानीयको भनाइ छ । पर्यटकहरु सचेत नभइदिँदा र स्थानीय प्रशासनसले दुर्घटनाबाट बच्नका लागि […]

जोखिमपूर्ण बन्दै चिनियाँ एपको प्रयोग

भारतमा केही महिना अगाडि मात्र ५४ चिनियाँ एपलाई प्रतिबन्ध लगाइएको छ। केही एपलाई गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न रोकिएको छ। सन् २०२० को सुरुवातमा नै इलेकट्रोनिक्स तथा आइटी मन्त्रालयको पहलमा यस्ता चिनियाँ एपलाई प्रतिबन्ध लगाउन थालेको हो। अलीबाबा, टेन्सेन्ट र गेम उत्पादक फर्म नेट इज लगायतले परिष्कृत गर्दै तथा पुन नामकरण गर्दै एप बनाउने गरेका […]

तरलता संकटका तगारा

अहिलेको तरलता संकटको सघनता र लम्बाइ निकै विकराल बन्दै गएको छ भने वित्तीय प्रणालीलाई सूक्ष्म रूपमा मूल्यांकन गर्ने हो भने जोखिमपूर्ण अवस्थामा छ।...

खाल्डो खन्ने प्रवृत्ति बढ्दा एम्बुुस बन्दै काठमाडौंका सडक

काठमाडौं, मंसिर १३ । नेपाल विद्युत प्राधिकरण र सडकसँग सम्बन्धित विभिन्न निकायबीच समन्वय नहुँदा काठमाडौंका सडक अस्तव्यस्त छन् । भूमिगत तार विछ्याउने नाममा प्राधिकरणले फुटपाथ अस्तव्यस्त बनेको छ । पैदलयात्रीले बाटो गुमाएका छन् भने सडक धुलो र खाल्डा खुल्डीले जोखिमपूर्ण बन्दै गएको छ । विद्युतका लागि तार भूमिगत गर्दा प्राधिकरणले सडक खन्ने तर विभागले समयमा […]

जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । रार्जमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो ।...