राष्ट्र बैंकले घरजग्गाको मूल्य सूचकाङ्क त्रैमासिक रुपमा प्रकाशन गर्ने भएको छ । घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सर्वाजनिक गर्दै राष्ट्र बैंकले अब हरेक तीन तीन महिनामा मूल्य सूचकाङ्क प्रकाशन गर्ने जनाएको हो ।राष्ट्र बैंकले घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्न मूल्य सर्वेक्षण सम्पन्न गरी घरजम्गा मुद्रास्फीति मापन गर्न पहिलो पटक सूचकाङ्क निर्माण गरिएको र यसरी प्राप्त हुने घरजम्गा मूल्य सूचकाङ्क हरेक तीन तीन महिनामा प्रकाशन गरिने जनाएको हो ।राष्ट्र बैंकको सर्वेक्षणमा आर्थिक वर्ष २०७६÷०७७ मा वाणिज्य बैंकहरुबाट प्राप्त तथ्याकंको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको थियो भने मालपोत कार्यलयहरूबाट प्राप्त तथ्यांकका यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत मा रहेको थियो ।