यी ५० जिल्लामा आजबाट १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट