बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथाको आरोहण

काठमाण्डाै – बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले बिहान सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आरोहीहरु बिहान साँढे पाँच बजेदेखि पौने सात बजेसम्मको समयमा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट प्रालिले जनाएको छ ।  सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको यो पहिलो आरोहण हो । बहराइनका राजकुमार खालिफा स...