एमसीसीको विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाको जोड

काठमाडौं, माघ १९। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर कूटनीतिक दबाबमा छन् । प्रधानमन्त्री देउवा यसअघि नै एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । २०७४ सालमा आफ्नै नेतृत्वको सरकारको […]

सम्बन्धित सामग्री

अब एमसीसी छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्छ : उपाध्यक्ष ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले एमसीसीको विषयमा पार्टीभित्र कसैलाई आफूलाई लागेको विचार भन्न पाउने अधिकार भएकोले भीम रावललाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । उनले भने,‘एमसीसीको विषयमा आफूलाई लागेको विचारहरु कसरी भन्ने चाहीँ स्वतन्त्रता छ, आफलाई लागेको विचार भनेबापत कारबाही नै गर्नुपर्छ भन्ने छैन् ।’ भीम रावललाई कारबाही […]

‍सत्ता गठबन्धनको बैठक सुरु

काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बसेको बैठकमा सहमति नजुटेपछि आज फेरि बैठक बसेको हो । हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गर्नुभएको थियो । उहाँले संसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गर्नु भएको छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका...

एमसीसीको विषयमा छिटो निर्णय लिन सरकारलाई निजी क्षेत्रको दवाव

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का दुई परियोजनामा खर्च हुने प्रारम्भिक ढाँचा स्पष्ट छ । उक्त ढाँचाअनुसार रुपन्देहीको बुटवलदेखि दाङको लमहीसम्मको सडक बनाउने र रातो माटे , लप्सीफेदी, दमौली, बुटवलदेखि सुनौलीसम्म अन्तरदेशीय विद्युत् प्रसार ण लाइन निर्माण गर्ने हुनुपर्ने हो । तर , एमसीसी सम्झौता भएको पाँच वर्ष बित्न लाग्दा पनि संसद्मा प्रवेश नपाएपछि निजी क्षेत्रका अगुवाले यस विषयमा छिटो निर्णयमा पुग्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । उनीहरूले लगानीको बाटो खोल्न एमसीसी आवश्यक रहेको पनि ...

जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् ।नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न उनी नेपाल आएकी हुन् । उनले नेपालले एमसीसीमा निर्णय गर्ने भए संसदबाट छिटो अनुमोदन गर्न राजनीतिक दलका नेताहरुलाई भनेकी छन् ।अमेरिकाले नेपाल