सरोज यादव निर्वाचित भए जसपा मधेश प्रदेश संसदीय दलको नेता

जनकपुरधाम : जनता समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन्।जसपा संसदीय दलको नेताका लागि सोमबार यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गरेका थिए। मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन्।मधेश प्रदेशमा जसपाका १६ जना प्रदेशसभा सदस्य छन्।

सम्बन्धित सामग्री

जसपामा मधेश प्रदेश संसदीय दलको नेता छान्ने जिम्मा उपेन्द्र यादवलाई

२२ पुस, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा सर्वसहमतिबाट दलको नेता चयन नभएपछि सो जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको हो । दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान […]