एसियन लाइफ इन्स्योरेन्सद्वारा बिमितको मृत्यु दाबी रकम भुक्तानी

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाका दुई जना मृतकका आफन्तलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गरेका विमितहरूको निधन भएकाले आफन्तहरूलाई विमितको मृत्युपछि पाउने रकम बुझाइएको एसियन लाइफ इन्स्योरेन्स उपशाखा डोल्पाले जानकारी दिएको छ ।