भीड कम गर्न पालोअनुसार सेवा

पर्सा : जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालयबाट प्रवाह गर्ने सेवा स्थानीय तहअनुसार दिन तोकेर गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साको सोमबार बसेको आन्तरिक बैठकले यस्तो निर्णय गरेको हो ।भारतसँग सीमा जोडिएको खुला पर्सामा परीक्षण गराएकामध्ये ६३ प्रतिशत कोरोना संक्रमण देखिएपछि सम्भावित संक्रमणलाई रोक्न सतर्कता अपनाएको कार्यालय पर्साले जनाएको छ। जिल्लाको सबै स्थानीय तहका सेवाग्राही आउँदान भीडभाड बढी हुन थालेपछि दिन बिराएर सेवा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले