'मोडल हन्ट'मा र्‍याम्प शो

सौन्दर्य प्रतियागिता 'मोडल हन्ट नेपाल २०१७'को फिनालेमा अभिनेत्री प्रियंका कार्की, सिर्जना रेग्मी र 'मिस नेपाल २०१७' अस्मी श्रेष्ठ शो टपरका रुपमा प्रस्तुत हुने भएका छन्। युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकासलगायतको उदेश्य राखी आयोजना हुन लागेको प्रतियोगिताको फिनाले आगामी शनिबार हुँदैछ।