संसद भवनमा सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण सुरु

काठमाडौँ । आज संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको एन्टिजेन परीक्षण सुरु गरिएको छ । मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ । […]

सम्बन्धित सामग्री

प्रचण्डले गराए एन्टिजेन परीक्षण(फोटोफिचर)

काठमाडौँ, २७ मङ्सिर। संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदरूको आज एन्टिजेन परीक्षण गरिँदैछ । भोलिदेखि सुरु हुने संघीय संसदको बैठकमा सहभागी हुनका लागि आज बिहान संसद भवन, नयाँ बानेश्वर पुगी नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड-१९ एन्टिजेन परिक्षण गराएका हुन्। संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि […]