आन्तरिक पर्यटकको रोजाइमा डोल्पा

सुर्खेत– डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि बढ्दै गएको हो । डोल्पामा मात्रै दर्जनौँ पर्यटकीय आकर्षण रहेका छन् । निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से-फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से-गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल […]