'नारीले जे भोग्छन् त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन'

म गर्भवती भइसकेँ। तिमी को हौ ? आफ्नो वास्तविक रुप भन। नत्र म जान दिन्नँ,’ रुक्मणीले पचली भैरवलाई भन्नुहुन्छ । त्यसपछि पचली भैरव आफ्नो रुप देखाउन बाध्य हुनुहुन्छ । तर, त्यसका लागि उहाँको सर्त हुन्छ । 'म मन्त्र फुकेर अक्षता दिन्छु। त्यसले मलाई हान। म आफ्नो रुपमा आउँछु। र, त्यसपछि फेरि मनुष्यको रुपमा फर्काउन मलाई त्यही अक्षताले हान्नुपर्छ,’ पचली भैरवले रुक्मिणीलाई भन्नुहुन्छ ।