मनसुनी वर्षाले दाङमा ४ हजार ७ सय परिवार प्रभावित

दाङ – दशैँ अवधिभर परेको पानीले दाङमा चार हजार सात सय ४४ परिवार प्रभावित भएका आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।  वर्षापछिकाे बाढी, पहिरो र डुबानले एक हजार पाँच सय ६६ घर बस्नै नमिल्ने गरी भत्किएको र तीन हजार एक सय ७८ घर केही मात्रामा भत्किएको तथ्याङ्क अहिलेसम्म सङ्कलन भएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयाे ।  बाढी र पहिरोमा परी नाै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै बाढी र डुबानमा परी झन्डै दुई हजार सात सय पशुचौपाया मरेका र...