बालाजु आगलागी अपडेट: विद्युत् सट भएर आगलागी, साढे चार करोड क्षति

काठमाडौं महानगरपालिका–१६, बालाजुमा बुधबार दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वर्ल्ड जुत्ता कारखाना जलेको र करिब साढे चार करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको बताए ।