काठमाडौं : स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले कीर्तिमानी छैटौं जित हात पारेको छ। स्पेनिस ला-लिगामा कार्लोस एनसेलोटीको रियलले ३४ वर्षपछि ला-लिगामा लगातार सुरुवाती ६ खेलमा जित हासिल गरेको हो।आइतबार राति भएको लिगको छैटौं खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको थियो।रियलले एट्लेटिकोविरुद्व पहिलो हाफमा गरेको दुई गोल नै निर्णायक बन्यो। खेलको १८ औ मिनेटमा रोड्रिगोले रियललाई अग्रता दिलाएका थिए। उनले जारी सिजन ५ खेलमा ३ गोल गरिसकेका छन्।३६ औ मिनेटम