कञ्चनपुरका ६६ मतदानस्थल अति संवेदनशील

कञ्चनपुर। जिल्लाका ६६ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार १३२ मतदानस्थलमध्ये ६६ वटालाई अति संवेदनशील, ४० संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ । “हामीले एकीकृत […]