प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता सुरु

काठमाडौं, १९ चैत्र । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको हो । उनीहरुबीच एक्लाएक्लै भेटवार्ता सुरु भएको छ । ‘वन अन वन’ वार्ता कम्तीमा आधा घण्टा चल्ने जनाइएको छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा नेपाल–भारत […]