आजदेखि भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता सम्हाल्दै

न्यूयोर्क । राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षको कार्यभार भारतले सम्हालेको छ । आलोपालो प्रणालीअनुसार भारतले अगस्ट महीनाका लागि अध्यक्षता प्राप्त गरेको हो । फ्रान्सको समर्थनपछि भारतले समितिको अध्यक्षताको मौका पाएको हो । भारतले अध्यक्षताको दौरान तीन उच्चस्तरीय बैठक गर्ने तयारी गरेको छ जसमा सामुन्द्रीक सुरक्षा, शान्ति स्थापना र आतंकवादजस्ता मूलभूत मुद्दामाथि छलफल हुने जनाइएको छ । […]