विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : पहिलो खेलमा अर्जेन्टिना र साउदी अरब खेल्दै

काठमाण्डाै - विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अर्जेन्टिना र साउदी अरबबीच खेल हुनेछ । समूह ‘सी’ को खेलमा अर्जेन्टिना र साउदी अरबको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। अहिलेसम्म १८ पटक विश्व कप खेलिसकेको अर्जेन्टिनाले साउदी अरबसँग पहिलो पटक खेल्न लागेको हो। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा गरी दुई पटक विश्व कप उपाधि जितेको छ । आजको खेल जिते अर्जेन्टिनाले ३७ खेलमा अपराजित रहेको इटलीसँग कीर्तिमान बराबरी समेत गर्नेछ। कप्तान लियाेनल मेस्सी पाँचौँ पटक विश्व कप खेल्द...