जेठ ४ गते स्थानीय तहकाे चुनाव गर्ने निर्वाचन आयाेगकाे प्रस्ताव

काठमाण्डाै – निर्वाचन आयोगले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्न प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज मङ्गलवार भएको छलफलमा आयोगले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने नयाँ मिति प्रस्ताव गरेको हो । यसअघि आयोगले वैशाखको १४ र दुई चरणमा गर्नुपर्ने भए दोस्रो चरणका लागि वैशाख २२ गतेको प्रस्ताव गरेको थियो । तर सरकारले मिति नतोकेको र सत्तारुढ गठबन्धनबीच जेठ महिनाभित्र चुनाव गर्ने सहमति भएपछि आयोगले जेठ ४ गते एकै दिन चुनाव गर्ने प्रस्ताव गरेको हो । स्थानीय तहका पदाधिकारीको...