मानवीय संकट : गाजा क्षेत्रमा यत्रतत्र शव, तस्वीरहरू

गाजापट्टीमा इजरायली हवाइ हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या करिब ७ हजार भन्दा माथि पुगेकोछ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको बताएको छ।  अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो।यतिखेर गाजा क्षेत्रमा लासहरूको थुप्रो देखिएको र लास व्यवस्थापन गर्न असहज भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

सम्बन्धित सामग्री

गाजा युद्धविराममा भिटो लगाएकोमा अरब मुलुकहरूद्वारा अमेरिकाको निन्दा

दक्षिणी गाजा सहर राफामा इजराइली आक्रमणको आशङ्काबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय सङ्कट गहिरिन सक्ने चिन्ता बढेका बेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अर्को प्रस्तावमा भिटो लगाएकामा अरब...

गाजामा आक्रमण रोक्न अमेरिकाको कूटनीतिक दबाब, केहीबेर आक्रमण रोक्न इजरायल सहमत

गाजा आक्रमण रोक्न इजरायललाई अमेरिकाले कूटनीतिक दबाब जारी राखेको छ । मानवीय संकट रोक्ने प्रयासमा भ्रमण गर्ने पछिल्ला वरिष्ठ अधिकारी सीआईए प्रमुख बिल बर्न्स रहेका छन् भने राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुलाई आक्रमण स्थगन घोषणा गर्न आग्रह गरेका छन् । अमेरिकाले हालैका दिनहरूमा मध्यपूर्वमा शीर्ष कूटनीतिज्ञहरूको लहर पठाउँदै गाजा पट्टीमा आफ्नो तीव्र बमबारी कम गर्न […]

तस्बिरहरू: इजरायलमा युद्धको घाउ

प्यालेस्टाइनको विद्रोही समूह हमासले यही अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध जारी छ । जवाफी कारबाहीस्वरुप इजरायलले पनि हमास सक्रिय रहेको गाजा क्षेत्रमा निरन्तर मिसाइल आक्रमण गरिरहेको छ । युद्धग्रस्त क्षेत्र गाजामा इजरायलको नाकाबन्दीका कारण ठूलो मानवीय संकट र त्रासदी छ ।

गाजाको सीमाक्षेत्रमा ड्यूटी सकेर सेद्रोत फर्केका इजरायली सेना [तस्बिरहरू]

इजरायलमा हमासले आक्रमण गरेपछि अहिले गाजा क्षेत्रमा युद्व जारी छ । इजरायलले प्यालेष्टाइन क्षेत्रमा आक्रमण गरिरहेको छ । हमासले इजरायलमाथि आक्रमण गरिरहेको छ । युद्धग्रस्त क्षेत्रमा ठूलो मानवीय संकट र त्रासदी छ । युद्धग्रस्त क्षेत्रको रिपोर्टिङका क्रममा कान्तिपुरकर्मीहरु होम कार्की र प्रकाशचन्द्र तिमिल्सेना अहिले इजरायल क्षेत्रमा छन् । यसैक्रममा फोटो पत्रकार तिमिल्सेनाले इजरायली सैनिकहरुका गतिविधि क्यामेरामा कैद गरेका छन् ।