भारतविरुद्धको युद्ध लड्न तिब्बती युवालाई तयार पार्दै चीन

भारतसँग सीमा तनावको स्थितिमा चीनले तिब्बतीहरूलाई जनमुक्ति सेनामा भर्तीका लागि विभिन्न प्रयास गर्दै आएको छ ।  तिब्बती युवालाई सेनाका साथै स्थानीय मिलिसियामा भर्ती गरेर सीमारक्षक पनि बनाउने चीनको सोच छ । सीमामा आफ्नो सैन्य स्थिति बलियो बनाउने र एयरबेसलाई अप्ग्रेड गर्ने काममा चीनले तीव्रता दिएको छ ।  तिब्बत स्वायत्त क्षेत्रमा रहेको सैन्य एकेडमीमा प्रवेशका लागि विभिन्न विश्वविद्यालयका १७ देखि २० वर्षका ७० भन्दा बढी तिब्बती विद्यार्थीहरूलाई छानिएको छ ।  एक भारतीय सैन्य अधिकारीले द टाइम्स अफ इन्डियालाई बताए, &...