काभ्रेमा सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंग्याएका छन् । मनोनयन दर्ता गर्ने अन्तिम दिनमा कांग्रेस र माओवादी केन्द्रले आफ्नो भागमा परेका स्थानीय तहमा उम्मेदवार टुंग्याएका हुन् । गठबन्धनको एकीकृत समाजवादीले भने अझै उम्मेदवार टुंग्याएको छैन ।