कोरोना संक्रमण : विशेष अदालतमा थुनुवाबाहेक सबै सेवा स्थगित

विशेष अदालतले कोरोना सङ्क्रमण जोखिम बढेका कारण थुनुवाबाहेक सबै सेवा स्थगित गरेको छ । बुधबार एक सूचना जारी गर्दै विशेष अदालतले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने जनाएको हो । मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)को निर्णय अनुसार माघ ६ गतेदेखि १८ गतेसम्म अदालतबाट प्रवाह हुने अत्यावश्यकबाहेक सेवामा कटौती र स्थगन गर्ने निर्णय भएको सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।