जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप पालिका घोषणा

जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको