काठमाडौं, चैत २५ । नेपाल वायु सेवा निगमले बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेक अफ’ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएको घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरिएको जनाएको छ। उक्त घटनालाई अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेश गर्नेगरी निगम व्यवस्थापनले ‘क्वालिटी एस्सुरेन्स डिपार्टमेन्ट’ का निर्देशकको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानविन उपसमिति […]