डडेल्धुरामा चैतमा पनि जुनार

देशका अन्य जिल्लामा जुनार सकिनै लाग्दा पनि डडेल्धुरामा भने चैतको अन्तिम सातासम्म पनि सहजै पाइने गरेको छ । जिल्ला सदरमुकामको बागवजार बसपार्क र स्याउले बजारमा आजभोलि पनि सहजै रूपमा जुनार पाइने गरेको हो ।जिल्लाको भागेश्वर गाउँपालिका–५ चुल्ल र शिराड गाउँमा उत्पादन हुने जुनार स्याउले वजार र बसपार्क क्षेत्रमा बिक्री हुने गरेको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको प्रवेश द्वारका रूपमा रहेको डडेल्धुराको स्याउले बजार जिल्लामा उत्पादन हुने जुनार बिक्री गर्ने प्रमुख केन्द्र हो । डडेल्धुरामा जुनार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको स्थानीय व्यापारी डम्मर भट्टले जानकारी दिए ।