युक्रेन युद्धमा हार बेहोर्ने सम्भावना देखिए मस्कोको वर्तमान शासनले आणविक हतियार प्रयोग गर्न सक्ने अमेरिकी गुप्तचर प्रमुखले बताएकी छन् । मंगलबार अमेरिकी सिनेटका सामु विश्वव्यापी जोखिमबारे ब्रिफिङ गर्ने क्रममा डाइरेक्टर अफ नेशनल इन्टिलिजेन्स एभ्रिल हाईन्सले यस्तो चेतावनी दिइन् ।ब्रिफिङमा युक्रेन युद्ध लम्बिन सक्ने, पुटिनले थप बल प्रयोग गर्नसक्ने र मस्कोमा आफ्नो शासन जोखिममा परेको महसुस भए पुटिनले आणविक हतियार समेत प्रयोग गर्न सक्ने बताइन् । पूर्वी तथा दक्षिण युक्रेनमा युद्ध लम्बिरहँदा पुटिनले आणवि