मेलम्चीको खानेपानी यसै वर्षभित्र काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्ने काम कठिन बन्दै गएको छ ।
सरकारले यो वर्ष मेलम्चीको पानी ल्याउने बताउँदै आएपनि बैशाखसम्म पानी ल्याएर वितरण गर्न असम्भव जस्तै देखिन थालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा केही दिनअघि राष्ट्रको नाममा सम्बोधन गर्दै यो वर्ष मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएका छन् ।
निर्माणमा भएको ढिलासुस्ती लगायतका कारण यसै वर्ष मेलम्चीको पानी काठमाडौं ल्याएर वितरण गर्न भने कठिन देखिँदै छ ।
अहिलेसम्म निर्माणको का...