प्रशंसा, आलोचना र समीक्षाको भुमरीमा माधव नेपालले 'रिमेक' गरेको छवि

२०५० सालपछि माधव नेपाल सधैँ राजनीतिको केन्द्रमा रहे । करीब १५ वर्ष एकलौटी रूपमा पार्टीको नेतृत्व गरे । २०६४ मा भएको निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट पराजित भएपछि राष्ट्रिय राजनीतिमा उनको ओझ केही घट्न सक्ने आंकलन थियो । तर, समय त्यस्तो रहेन । दुई ठाउँबाट निर्वाचन हारेका व्यक्ति पनि संविधानसभाको संवैधानिक समितिको सभापति र पछि त प्रधानमन्त्री नै नियुक्त भए । करीब तीन दशकयता कहिले सत्तामा त कहिले बाहिरै बसेर पनि राजनीतिको केन्द्रमा रहेका एमालेका वरिष्ठ नेता माधव नेपालले अहिले जसरी आफ्नो व्यक्तित्व प्रदर्शन गरिरहेका छन्, ...