काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले राखेका मागका बारेमा जानकारी लिएकी छन् । सोमबार सिंहदरबारमा प्रसाईंसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले अभियानले अघि सारेका मागका बारेमा जानकारी लिएकी हुन् । सो क्रममा प्रसाईँले आफ्ना माग व्यक्तिगत नभई जनताको माग भएकाले गम्भीर हुन आग्रह गरेका थिए भने प्रधानमन्त्री कार्कीले […]
भद्रपुर– प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू)सेवा सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताका अनुसार करिब १२ वर्षअघि आवश्यक उपकरण खरिद गरिएपनि जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारका लागि एनआइसीयू उपकरण उपलब्ध गराएको थियो । स्वास्थ्य मन्त्रालयले […]
लगातार ६ खेलमा जित निकालेको सुदूरपश्चिमले अन्तिम पराजय भोगेको थियो। सुदूरपश्चिमलाई हराएको थियो, विराटनगर किंग्सले। त्यसैले लिग चरणको अन्तिम खेलको ‘रिम्याच’ को रूपमा मंगलबारको पहिलो क्वालिफायर खेल हुनेछ।
काठमाडौं– निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तीमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ । आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने जानकारी दिएका हुन […]
२२ मंसिर, काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गरेको छ ।
नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंसँग सोमबार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री …