नेप्से परिसूचक घटेर २५७७.४९ विन्दुमा, कारोबार रकम पनि घट्यो

असोज १७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनमा २ दशमलव १२ प्रतिशत अर्थात् ५५ दशमलव ९३ अंक घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ५७७ दशमलव ४९ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २३२ ओटा धितोपत्रको ८९ लाख ४८ हजार ९३७ कित्ता धितोपत्रको ५२ हजार ३९१ पटकमा रू. ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ बराबरको धितोपत्र खरीदविक्री भएको हो ।  कारोबारमा आएका २३२ ओटा धितोपत्रमध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो काराबोर दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ दशमलव ०५ प्रतिशतले बढेको छ ।  त्यसैगरी यो दिन सबैभन्दा बढी गुहेश्वरी मर्चेण्ट बैंकिङको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव १९ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४५७ दशमलव ७० मा झरेको छ ।   त्यसैगरी रैराङ हाइड्रोपावरको शेयरमूल्य अघिल्ले कारोबार दिनको तुलनामा ९ दशमलव १३ प्रतिशतले घटेको छ । यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १५ करोड ६ लाख १६ हजार बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी दोस्रोमा नेशनल हाइड्रोपावर कम्पनीको रू.१४ करोड २४ लाख ३८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहको परिसूचक घटेसँगै समग्र नेप्से घटेको हो । सबैभन्दा बढी वित्त समूहको परिसूचक ४ दशमलव ३३ प्रतिशतले घटेको छ ।  त्यसैगरी बैकिङ समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत,ब्यापार समूहको १ दशमलव ८१ प्रतिशत,होटल एण्ड टुरिजमको ३ दशमलव ३३ प्रतिशत,विकास बैंक समूहको २ दशमलव ९२ प्रतिशत,हाइड्रोपावर समूहको ३ दशमलव ९६ प्रतिशत,निर्जीवन बीमा समुहको १ दशमलव ६३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७१ प्रतिशतले घटेको छ । यसैगरी अन्य समूहको १ दशमलव ९९ प्रतिशत,माइक्रोफाइनान्स समुहको १ दशमलव ४ प्रतिशत,जीबन बीमा समूहको १ दशमलव ८७ प्रतिशत,म्युचुअल फण्डको १ दशमलव १२ प्रतिशत र लगानी समूहको परिसुचक ३ दशमलव ८३ प्रतिशत घटेको छ ।  पछिल्लो समय बजार घट्नुमा शेयर धितो कर्जामा रू. १२ करोडको सीमा,तरलता अभाव अनि ब्याजदर जस्ता विषय प्रमुख कारण रहेको बजार विश्लेषकहरुले बताएका छन् । अझ यस बीचमा ३ हजार २०० मा नेप्से परिसूचक रहँदा बजार  छिरेका नयाँ र साना लगानीकर्ताहरु घटेको बजारमा बढीमात्रामा पेनिक भएका छन् । यस कारणले गर्दा पनि बजार धेरै तल घटेको अनुमान लगाउन सकिन्छ । त्यसैगरी चाडपर्व नजिकिंदै गरेकाले शेयर बेचेर पैसाको जोहो गर्नुपर्ने भएकाले पनि त्यसको प्रभाव शेयर बजारमा परेको हुन सक्ने उनीहरुको भनाइ छ । बजार धेरै घटेकाले राम्रो लाभांश दिने कम्पनीहरुको शेयरमूल्य पनि धेरै तल आएको छ  । यस्तो अवस्थामा शेयर खरीद गर्ने हो भने अल्पकालिनभन्दा पनि दिर्घकालमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । 

सम्बन्धित सामग्री

नेप्से परिसूचक बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २.३३ अङ्क बढेको छ । तर, कारोबार रकम भने घटेको छ । गत कारोबार दिन एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँ घटेको हो । आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर एक अर्ब एक करोडमा खरिद–बिक्री भएको […]

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अंकले ओरालो लागेर २ हजार ७६.६७ मा ओर्लेको हो।...

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौँ,२० असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ । कूल २३४ […]

नेप्से परिसूचक झिनो अङ्कले ओरालो, कारोबार रकम ३ अर्ब मात्रै

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, साढे ३ अर्ब पनि पुगेन कारोबार रकम

२६ माघ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन । सेयर कारोबार […]

नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १०.८३ अंकले ओरालो लागेको छ । आइतबार ओरालो लागेर २ हजार ९२०.५१ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ५४३.८० मा सीमित भएको छ । कुल २ सय ३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २ सय […] The post नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

काठमाडौं : दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले वृद्धि भएको छ।बुधबार नेप्से परिसूचक र कारोबार रकमसमेत मंगलबारको तुलनामा सामान्य  सुधार भएको छ। आज नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ।त्यस्तै, आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि  ०.०१ अंक बढेको छ।आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खर

नेप्से परिसूचक २६ सय नजिक, कारोबार रकममा सुधार

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अङ्कमा पुगेको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि […]

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो, कारोबार रकम पनि घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७.५३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अङ्कले घटेर ५१८.२५ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ […]