उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरे काठमाडौंको नगरसभा बहिस्कार

३ असार, काठमाडौं । उपमेयर हरिप्रभा खड्गीसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बिहीबार काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बहिस्कार गरेका छन् । मेयर विद्यासुन्दर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेपछि आफूहरुले नगरसभा बहिस्कार गरेको उपमेयर खड्गीले बताइन् । नगरसभा बहिस्कार गर्नेमा १३ वटा वडाका वडाध्यक्षसमेत रहेका छन् । महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम […]

सम्बन्धित सामग्री

वालिङमा उपप्रमुखसहित १५ जना जनप्रतिनिधिले गरे नगरसभा बहिस्कार

वालिङ नगरपालिकाको नगर सभा उपप्रमुख कविता तिवारी गैह्रेसहित १५ जनाले बहिस्कार गरी सभाबाट बाहिरिएको छ । वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने गरी शिक्षा ऐन संशोधन प्रस्ताव आएसँगै यसको विरोध गर्दै उहाँहरू सभा बहिष्कार गरेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरमा किन गरे वडा सदस्यले नगरसभा बैठक बहिष्कार ?

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको १२ औँ नगरसभा बैठक वडा सदस्यहरुले बहिष्कार गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै वीरेन्द्रनगर नरगपालिका वडा ३ का चारजना वडा सदस्यहरुले नगरसभाको बैठक बहिष्कार गरेका हुन् । नगरसभालाई नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका वडा सदस्यहरुले बहिस्कार गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए । नगरपालिकाको वडा ३ को बजेट रकमान्तर […]

पोखरा महानगरपालिकाले राति ८ बजे बजेट सार्वजनिक गर्ने

एमालेले बहिस्कार गरेको कारण स्थगित भएको पोखरा महानगरपालिकाले आज नै बजेट प्रस्तुत गर्ने भएको छ । महानगरले अहिले राति ८ बजे बजेट प्रस्तुत गर्ने महानगपालिकाको सचिवालयले जनाएको छ। महानगरका मेयर र एमालेका नगर सदस्यहरूबीच छलफल भएसँगै बजेट पेस गर्न दिने सहमति भएको हो । यसअघि एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा स्थगित भएको थियो । नगरसभाबाट […]

एमालेले बहिष्कार गरेपछि स्थगित भएको पोखरा नगरसभा बैठक खुलाउने प्रयास जारी

काठमाडौं– नेकपा एमालेले पोखरा महानगरको नगरसभा बहिस्कार गरेपछि स्थगित भएको बैठक खुलाउने प्रयास भइरहेको छ। पोखरास्थित राष्ट्रिय सभागृहमा एमालेका प्रतिनिधि र नगरपालिकाका मेयर तथा उपमेयरलगायतबीच छलफल जारी छ। शुक्रबार नगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो। उनीहरुले रातो किताब समेत च्यातेका छन्। ‘नगरप्रमुखले बजेट भाषण […]

नगरसभा बहिस्कार गर्दै एमाले जनप्रतिनिधिले च्याते रातो किताब

१० असार, पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् । उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् । उनीहरुले रातो किताब समेत च्यातेका छन् । ‘नगरप्रमुखले बजेट भाषण नगर्दै रातो किताब आएको छ । यो हामीलाई मान्य छैन,’ एमाले नेता राधिका शाहीले बताइन् […]

राजनीतिक किचलोले स्थानीय तहमा बजेट ल्याउन अवरोध

१० असार, काठमाडौं । वामपन्थी धारका जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेपछि बिहीबार ललितपुर महानगरपालिकाले बजेट नै ल्याउन सकेन । रौतहटको मौलापुरमा पनि माओवादी पक्ष्का जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै नगरसभा बिथोले । ललितपुर र मौलापुर उदाहरण मात्र हो, मेयर तथा अध्यक्ष अल्पमतमा परेका धेरै स्थानीय तहलाई यो वर्ष बजेट ल्याउन सकस परेको छ । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ […]

बहुमत सदस्यको बहिस्कारपछि ललितपुर महानगरको बजेट रोकियो

काठमाडौं, असार १० । बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेट रोकिएको छ । बहुमत सदस्य अनुपस्थित भएका कारण नगरसभा बैठकमा बजेछ प्रस्तुत हुन नसकेको नगरपालिकाले जनाएको छ । अब तीन दिनपछि फेरि नगरसभा बस्नेछ । यदि तीन दिनपछि पनि बहुमत सदस्य उपस्थित नभएमा फेरि दुई दिनपछि […]

ललितपुरको बजेटसभा बहुमत सदस्यको वहिस्कार

ललितपुर महानगरपालिकाका बहुमत सदस्यहरुले वहिस्कार गरेपछि बजेट पेश हुन सकेन । महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका हुन् । नगर कार्यपालिकामा मात्र होइन नगरसभामा पनि मेयर महर्जनको बहुमत छैन । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बुधबार नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएकाले आफूहरुले बजेट बहिस्कार गरेको …

वीरगन्ज महानगरको नगरसभा पुनः स्थगित

पर्सा : केही वडाध्यक्ष र नगरप्रमुखको कार्यशैलीको विरोध गर्दै वीरगन्ज महानगरका वडा सदस्यहरुले बहिस्कार गरेपछि वीरगन्ज महानगरपालिकाको चौथो नगरसभा फेरि स्थगित भएको छ। जनताबाट निर्वाचित नगरप्रमुख र केही वडाध्यक्षको कार्यशैलीप्रति रुष्ट बनेको वडासदस्यहरूले करको दर घटाउनु पर्ने माग राखी बहिस्कार गरेपछि पुनः महानगरको चौथो नगरसभा स्थगि...

ठाकुरबाबा नगरपालिकाको नगरसभा कांग्रेसद्वारा बहिस्कार

बर्दिया – ठाकुरबाबा नगरपालिकाको नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ७ का जनप्रतिनिधिले बहिष्कार गरेका छन् । ठाकुरबाबा नगरपालिकाका मेयर तथा नगरसभा अध्यक्ष घननारायण श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाई आफूखुशी एकलौटी ढंगले नगरसभा सञ्चालन गर्न खोजेकाले आफूहरुले नगर सभा बहिस्कार गरेको वडा नम्बर ७ का ...