अफगानिस्तानको काबुल अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ अफगानी मारिएका छन्।तालिबानले काबुल कब्जा गरेपछि देश छाड्ने अफगानीको भीड थेगिनसक्नु छ। काबुलमा बसोबास गर्ने हजारौं अफगानी तालिबानले देशमा कब्जा गरेपछि विदेशिन चाहन्छन्।अफगानिस्तानमा इस्लामिक स्टेट सक्रिय हुन थालेकाले यो घटना भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।तालिबानले एक साताअघि अफगानिस्तान कब्जामा लिएपछि अहिलेसम्म काबुलबाट १७ हजार मानिस विदेशिएका छन्। अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।काबुल