पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाएका छन् । विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उनले उल्लेख गरे । “पहिलेपहिले खर्चको जोहो गर्न कठिन थियो, तर अहिले […]
काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत अनुगमन गरेका छन्। मन्त्री घिसिङ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनलगायत सम्मिलित टोलीले शनिबार निर्माणस्थलको अनुमगन गर्नुका साथै निर्माण सम्पन्न हुन समय तालिकाका विषयमा छलफल गरेको थियो। […]
तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ संरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट गन्तव्य बनेको छ । लोपोन्मुख अवस्थामा पुगेका गिद्धको आहार व्यवस्थापन भएपछि केन्द्रमा गिद्धका बथान देखिन थालेका छन् । नगरपालिकाको पहलमा गौ संरक्षण केन्द्र स्थापना तथा व्यवस्थापन भएपछि विगतमा हराउँदै गएका गिद्धका नयाँ प्रजातिसहित बथान फर्किन थालेका केन्द्रका […]
काठमाडौँ । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको कोलोसोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ । लेक लागेर बिरामी भएका गुरुङको आजै हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा […]