अर्थमन्त्रीबाट बजारप्रति सकारात्मक कुरा आइरहँदा प्रधानमन्त्री बालेन शाहले पनि बिहीबार केही ठूला व्यवसायीहरूसँग भेटघाट गरेर उनीहरूलाई 'कन्फिडेन्स' मा लिने प्रयास गरेका छन्।
विशेषज्ञहरूले कृत्रिम बौद्धिकताले मानव जातिमा पार्नसक्ने गम्भीर जोखिमबारे लगातार चेतावनी दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती खतराहरूलाई खासै गम्भीरताका साथ नलिएको सङ्केत गरेका छन्। आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले धेरै नकारात्मक तत्त्वहरूले नहुने कुराहरूलाई अगाडि सारेर अनावश्यक त्रास फैलाइरहेको दाबी गरे। उद्योगीहरूले एआईको विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरिरहेका बेला राष्ट्रपति […]
काठमाडौं, भदौ २९ । बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले सखाप पारेपछि बचाउन कठिन भएसँगै स्थानीय बेसार खेतीमा लागेका हुन्। विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार […]
उनका अनुसार बिहान ३ः१५ बजेदेखि चार वटै ढोका खुला गरिएकोमा बिहान ७ बजेसम्म करिब नौ हजार दर्शनार्थीले दर्शन गरेका छन्। अहिले करिब तीन हजार दर्शनार्थी लाइनमा छन्।