राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि पोखरामा सुरु हुँदै

काठमाडौं : साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ। पोखरास्थित अन्तराष्ट्रिय रंगशालामा आजदेखि सुरु हुने प्रशिक्षण दुई सातासम्म चल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता रहने छ। टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउने छन्। प्रशिक्षणका लागि राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियल सहितको टोली हिजो साँझ पोखरा पुगेको छ। नेपाली टोली दक्षिण एशियाली फ