प्रतिबन्ध हटे पनि वीरगञ्ज भन्सारमा सुध्रिएन वैदेशिक व्यापार : २ खर्ब १४ अर्ब लक्ष्य, १ खर्ब २८ अर्ब मात्रै राजस्व संकलन

वीरगञ्ज । वैदेशिक विनिमय सञ्चिति घटेको भन्दै आयातमा कडाइको नीति सरकारले हटाए पनि वैदेशिक व्यापारमा सुधार देखिएको छैन । कुल वैदेशिक व्यापारको करीब आधा परिमाण भित्रिने वीरगञ्ज नाकाको तथ्यांकले यस्तो देखाएको हो ।  सरकारले गाडी, मदिरा, महँगा मोबाइललगायत विलासी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएर आयात नीति खुकुलो बनाए पनि बजारमा माग सृजना हुन नसक्दा व्यापारले लय समात्न नसकेको सरोकारका पक्षले बताएका छन् । वैदेशिक व्यापारमा सुधार नहुँदा यो नाकामा रहेको वीरगञ्ज भन्सारले उठाउने राजस्व लक्ष्यको तुलनामा निरन्तर ओरालो गतिमा छ ।   यो भन्सारले चालू आर्थिक वर्ष (आव) २०७९/८० को १० महीनामम लक्ष्यभन्दा ४० प्रतिशत कम राजस्व उठाएको छ । वीरगञ्ज भन्सारले आफ्नो वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार गत साउनदेखि वैशाखसम्मको अवधिमा लक्ष्यको ५९ दशमलव ९५ प्रतिशतमात्र राजस्व उठेको देखिन्छ ।  भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार आयातमा आएको कमीले राजस्वमा गिरावट आएको हो । यो नाकाबाट भित्रिने मुख्य वस्तुमा पर्ने सवारी साधनको आयातमा लामो समय रोक लगाइएको थियो । अहिले प्रतिबन्ध खुला भए पनि आयात अपेक्षित नबढेको भन्सारले बताएको छ  ।  प्रतिबन्ध हटे पनि सवारी कर्जामा कडाइ र उच्च ब्याजदरले आयातले गति नलिएको भन्सार अधिकृत ढकालको बुझाइ छ । यो नाकाबाट भित्रिने पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयात पनि उल्लेख्य परिमाणमा खस्किएको भन्सारको तथ्यांक छ ।  नाकाबाट भित्रिने मुख्य वस्तुकै आयात घटेपछि राजस्व संकलन स्वाभाविक रूपमा घटेको भन्सारका अधिकारीले बताएका छन् ।  निर्यात पनि खस्कियो  निकासी व्यापार पनि उल्लेख्य परिमाणले घटेको छ । यो नाबाट निकासी हुने मुख्य वस्तुको रूपमा रहेको प्रशोधित तेलको निर्यात स्वाट्टै घटेको देखिन्छ ।  बितेको १० महीनामा गत वर्षको समीक्षा अवधिको तुलनामा भटमासको तेल निकासी उल्लेख्य कमी आएको छ । यस्तो प्रशोधित तेलको निर्यात मूल्यका आधारमा ४ हजार ११९ प्रतिशतले घटेको भन्सारको तथ्यांक छ । त्यस्तै  पाम तेल १३ प्रतिशत र सूर्यमुखी तेल निकासी व्यापार ८३ प्रतिशतले घटेको छ ।  भारतले तेल र यसको कच्चा पदार्थ आयातमा शून्य भन्सार नीति लिए पनि नेपालबाट निकासी खस्किएको उद्यमी सुरेश रुंगटा बताउँछन् । यसअघि भारतले ४० प्रतिशतसम्म यस्तो शुल्क लिँदा साफ्टा सहुलियतमा शून्य भन्सारमा निकासी सम्भव भएको थियो । त्यसबेला तेस्रो मुलुकबाट कच्चा पदार्थ भित्र्याएर निकासी गर्न सम्भव भएकोमा अहिले निकासी करीब ठप्पजस्तै भएको रुंगटाले बताए ।  कति  उठ्यो राजस्व ?  वीरगञ्ज भन्सार कार्यालयलाई चालू आवको १० महीने अवधिका लागि २ खर्ब १४ अर्ब १५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । १ खर्ब २८ अर्ब ३९ करोड रुपैयाँमात्र संकलन भएको भन्सारको तथ्यांक छ ।  त्यसमध्ये सबैभन्दा बढी मूल्यअभिवृद्धि कर उठेको भन्सारको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तो कर ५७ अर्ब ९६ करोड रुपैयाँ संकलन भएको देखिन्छ । अघिल्लो आवको समीक्षा अवधिमा ६८ अर्ब ७४ करोड रुपैयाँ मूल्यअभिवृद्धि कर उठेको थियो ।  आयाततर्फ भन्सार महशुल ४५ अर्ब ४२ करोड र अन्तःशुल्क ८ अर्ब १३ करोड संकलन भएको तथ्यांक भन्सारको छ ।

सम्बन्धित सामग्री

वैदेशिक व्यापार घाटा व्यहोर्दै देश

विगत केही वर्षको वैदेशिक व्यापार :  नेपालको वैदेशिक व्यापार सुरुदेखि  सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य देश भएपछि...

साढे ३ खर्बले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

८ साउन, काठमाडौं । नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा […]

वैदेशिक व्यापार ३ खर्बले घट्यो

मुलुकको वैदेशिक व्यापार करिब ३ खर्ब रूपैयाँले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) पोहोरको तुलनामा यो वर्ष आयात र निर्यातमा कमी आउँदा ३ खर्ब ११ अर्ब रूपैयाँले व्यापार घटेको छ।...

नेपालको १६३ भन्दा बढी देशसँग वैदेशिक व्यापार, ३५ देशसँग मात्र नाफामा

काठमाडौं, १७ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा नेपाललको १६३ भन्दा बढी देशसँग वैदेशिक व्यापार रहेको छ। भन्सार विभागका अनुसार वैदेशिक व्यापार भएका देशमध्ये मात्र ३५ सँग व्यापार नाफामा रहेको छ। नेपालको १२८ भन्दा बढी देशसँग व्यापार घाटामा रहेको छ। पछिल्लो ९ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब ८३ अर्ब २२करोड रुपैयाँभन्दा बढी रहेको छ।

२०९ अर्ब घट्यो वैदेशिक व्यापार

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक व्यापार २ खर्ब रुपैयाँभन्दा बढीले घटेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार पाँच महिनामा वैदेशिक व्यापार २ खर्ब ९ अर्बले घटेको हो । अघिल्लो आवको मंसिरसम्ममा ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएकामा चालू आवमा ७ खर्ब ३२ अर्ब ५ […]

१६ प्रतिशतले घट्यो नेपालको वैदेशिक व्यापार

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ऋणात्मक देखिएको छ । भदौ मसान्तसम्ममा नेपालले तीन खर्ब दुई अर्ब २८ करोडको वैदेशिक व्यापार गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको...

घट्यो वैदेशिक व्यापार

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमै व्यापार घटेको छ । चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार […]

घट्यो वैदेशिक व्यापार

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमै व्यापार घटेको छ । चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार […] The post घट्यो वैदेशिक व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ […]

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो । आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको […]