चुनाव आएपछि रोगी मान्छे पनि निको हुन्छन्, औषधि गर्नै पर्दैन । कसरी भन्नुहोला ? घोषणापत्र पढेर ! नचाहिने कुरो, घोषणापत्र पढेर पनि बिरामी निको हुन्छ भनेर तपाईँलाई लाटो रिस उठ्न सक्छ । तर रिसाइहाल्नु पहिले दलहरुका घोषणापत्र पढ्नुहोस्, तपाईँको पनि मुड फ्रेस हुन्छ ।चुड्किलाभन्दा पनि स्वादिला नारा र टुक्का । कमेडी फिल्म हेरेभन्दा पनि घतलाग्दा र हासउठ्दा कथा । भोक लाग्नेबित्तिकै अघिल्तिरै माम । बेरोजगारलाई उतिखेरै काम । बेखर्चीलाई खल्तीभरी दाम । यात्रुलाई रेल, खेलाडीलाई खेल, खेल जित्न झेल, बेमेललाई मेल, सेल पका...