नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी छ : गायक शिव परियार

गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको भन्दै सो प्रतिक्रिया दिएका हुन् ।परियारले नेपाल सरकारलाई सम्बोधन गर्दै भनेका छन् : ‘सम्माननीय नेपाल सरकार, यो पेसेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नग