प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको फैसलापछि लोसपामा तरंग, सरकार छाड्न दबाब

काठमाडौं । जिल्ला अदालत महोत्तरीले मधेश आन्दोलनका क्रममा जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक मुद्दामा मधेश प्रदेशका सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा तरंग पैदा भएको छ । सांसद शर्मा लोसपा मधेश संसदीय दलका नेता पनि हुन् । पार्टीबाट निर्वाचित सांसदलाई अदालतले जन्मकैदको फैसला गरेपछि अध्यक्ष महन्थ ठाकुरलाई […]