वरिष्ठ अधिवक्ता भण्डारीको तर्क– 'राष्ट्रपतिको निर्यणमा बदनियत देखियो, देउवाले विश्वासको मत पाउने आधार छ'

वरिष्ठ अधिवक्ता सविता भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा बदनियत देखिएको जिकिर गरेकी छन् । प्रतिनिधि सभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको मागसहित सर्वोच्चमा परेको रिटमाथि बहस गर्दै भण्डारीले राष्ट्रपतिले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेको जिकिर गरिन् । '१४९ जनाको हस्ताक्षरसहित जाँदा उहाँले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्थ्यो । रिट निवेदन लिएर पनि १४६ जना आएको हुनाले उहाँसँग विश्वासको मत लिनसक्ने आधार देखिन्छ,'...

सम्बन्धित सामग्री

वरिष्ठ अधिवक्ता घिमिरेको राय : मेरो विकल्प म नै हुँदैन

एमिकस क्युरीका सदस्य तथा वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेले विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा राय दिएका छन् ।  संवैधानिक इजलासलाई राय दिँदै घिमिरेले विश्वासको मत लिन नसकेका प्रधानमन्त्रीले फेरी ७६ (५) मा दावी गर्न नमिल्ने जिकिर गरेका छन् । ७६ (५) मा उपधारा (२) बमोजिमको आधार प्रस्तुत गरेमा राष्ट्रपतिले नियुक्त गर्नुपर्ने बाध्यकारी ब्यवस्था भएको  राय दिँदै उनले भने–‘चुक्लि लगाएको पत्रको आधारमा उहाँ (राष्ट्रपति)ले गरेको निर्णय विवादास्पद छ ।’‘बैकल्

संसद पुनर्स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था छैन : वरिष्ठ अधिवक्ता गुरागाईँ

१८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न नसक्ने दाबी गरेका छन् । संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता गुरागाईले भने, ‘संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’ […]

प्रधानमन्त्री ओलीलाई उपधारा ५ मा जाने बाटो बन्द : वरिष्ठ अधिवक्ता ज्ञवाली

संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेको हुनाले उपधारा (५) मा जाने बाटो बन्द भएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस गर्दै ज्ञवालीले धारा ७६ (३) बमोजिमको पिएमले विश्वासको मत लिन नसकेमा उपधारा ५ जान जान ‘भोटे ताल्चा’ लाग्ने बताए ।डा. ज्ञवालीलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोधे, ‘उपधारा ४ अनुसार प्रधानमन्त्रीले विश्वासको मत नपाएमा वा नियु

राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण : वरिष्ठ अधिवक्ता अर्याल

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण देखिएको दावी गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै उनले प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ खाएको स्मरणसमेत गराए । ‘त्यो भनेको उहाँले विश्वासको मत लिन्छु भनेर शपथ खानुभयो तर, आफैले खाएको शपथको पालना गर्नुभएन,’ रिट निवेदकका तर्फबाट बहस गर्दै उनले भने ।राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइ दिनुपर्नेमा टिकट टाँसेको चिठी (जसपा र प्रधा