खोप लगाएको ३ महीना पूरा भएपछि पनि बुस्टर खोप लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

वैशाख १०, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महीना पूरा भएपछि पुन : बुस्टर खोप लगाउने भएको छ ।             यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महीना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महीना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महीना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो । मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महीना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ ।